२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

गृहमन्त्री रमेश लेखकलाई साम्पाङको पत्र: मेरोविरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाहीको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २३, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार लेख्ने विरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन्।

आइतबार मेयर साम्पाङले आफूले नक्कली माओवादी बनेर चन्दा असुलेको भनी भ्रामक समाचार प्रकाशन गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै पत्रकार र प्रकाशन गर्ने मिडियालाई कारबाहीको माग गरेका हुन्।

मेयर साम्पाङले हिमालखबर खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल नामको व्यक्तिले आफू नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन्।

उनले समाचार लेख्ने व्यक्ति र प्रकाशन गर्ने मिडियाको पार्टीगत आबद्धता नहेरी निष्पक्ष रुपमा कारबाही गर्न पनि गृहमन्त्रीलाई आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!