१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

उमेरहदका कारण २ अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २३, २०८१

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन्।

उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए। एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन्। प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन्। नेपाल प्रहरीका अर्का एआईजी भीमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन्।

२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन्।

उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा जान लागेकी छन्। उनी पुस १५ मा उमेर हदले अवकाशमा जाने भएकी हुन्।

उता भीम ढकालको अवकाशसँगै प्रहरीमा दुई वटा एआईजीको दरबन्दी रिक्त हुनेछ। रिक्त दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ।

जसमा दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा पर्ने बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]