१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २३, २०८१

 

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ३ खमारीका १६ वर्षका दिपेन्द्र वली रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मोटरसाइकलमा पछाडी सवार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का मोटरसाइकलमा पछाडी सवार तुलसीपुर- ४ घोरनेटी कल्लेखोला बस्ने १८ वर्षका सन्दिप वलीको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक तुलसीपुर-४ कल्लेखोलाका १७ वर्षका गणेश खड्को अवस्था भने मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा रेफर गरिएको थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा चालक सहित तीन जना सवार रहेको प्रहरीले जनाएको छ । आज दिउँसो २ बजेतिर तुलसीपुर-४ ठुला खाली खाद्रे बनहरीबाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२-००१ प १७१७  नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

मोटरसाइकल अनियन्त्रीत भएर रुखमा ठोक्किन गइ सडक देखि ५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]