१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुर्खेतमा सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा कर्णाली प्रदेशका मुख्य मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री यामलाल कडेल र कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकीकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धीमूलक भएको बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा बहाल राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकायबीचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस गोष्ठीले कर्णाली प्रदेशमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउनेमा अहम भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटना अनुसन्धानमा शून्य सहनशिलता तथा हिंसा न्यूनीकरणलाई प्राथमिकताका साथ विशेष योजना बनाई प्रभावकारी रूपमा पहल गर्नुहुन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्प राज शाहीले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]