१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

रवि लामिछानेको बिरगंज सरकारी वकिल कार्यालयमा आजदेखि बयान सुरु हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

 

पर्सा । बिरगंज सहकारी ठगीको आरोपमा ५२ दिनदेखि हिरासतमा रहेका रवि लामिछानेलाई प्रहरीले पर्साको वीरगञ्जमा ल्याइएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा बयान लिनका लागि उनलाई पर्सा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी कुमोध ढुंगेलका अनुसार, लामिछानेमाथि आजबाट बयान सुरु हुनेछ। “सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने भएकाले प्रक्रिया आजदेखि अघि बढ्दैछ,” उनले जानकारी दिए।

सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पनि हाल पर्सामै छन्। अनुसन्धानमा सहकारीको रकम विभिन्न व्यक्तिका नाममा ऋण लिई गोर्खा मिडिया नेटवर्कमा लगाइएको तथ्य फेला परेको छ। सो नेटवर्कमा लामिछाने र जोशी सञ्चालक रहेको खुलेको छ।

मुख्य आरोपी जिबी राई अझै फरार छन्। वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको विषयमा पहिल्यै अदालतमा मुद्दा दायर भए पनि थप अनुसन्धान आवश्यक देखिएको भन्दै प्रहरीले फाइल पुनः खोलेको हो।

यसअघि लामिछानेले सुर्यदर्शन सहकारी, स्वर्णलक्ष्मी सहकारी, र सहारा चितवन बहुउद्देश्यीय सहकारीको ठगी प्रकरणमा बयान दिएका थिए। उनलाई प्रहरीले गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगेको थियो।

प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण ऐनविपरीतको कसुरमा पनि अनुसन्धान गरिरहेको छ। यसअन्तर्गत, उनलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने स्थिति रहेको छ। पर्सामा बयान सकिएपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]