२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रवीलाई न्याय दे,जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर प्लेकार्ड प्रदर्शन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर २५, २०८१

 

पर्सा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अहिले बयान भइरहेको छ। सरकारी वकिल कार्यालय पर्सामा उनको बयान भइरहेको छ। उनको बयान जारी रहेकै बेला बाहिर रास्वपाका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उनका समर्थकहरुले पर्साको बीरजंगमा प्रदर्शन गरिरहेका छन्।

उनीहरूले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरले रवि लामिछानेलाई न्याय दे,जनता झुक्काउन पाइँदैन,राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार पर्सा पुर्‍याएको हो। सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्। सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई अनुसन्धानका लागि काठमाडौं,चितवन र बुटवल पुर्‍याएको थियो। त्यहाँ अनुसन्धान सकिएपछि उनलाई पर्सा ल्याएको हो। अनुसन्धान सकेपछि उनलाई पुन: कास्की लैजाने प्रहरीको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]