२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पुर्वगृहमन्त्री एवं (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पोखरा लैजाने तयारी,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २६, २०८१

 

 

मंगलबार दिनभर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा रविसँग बयान लिएको छ । सरकारी वकिलको रोहवरमा बिहान १० बजे नै बयान लिन थालेको थियो । अपरान्ह साढे २ बजेसम्म बयान चलेको थियो ।

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रविलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगञ्ज ल्याइएको थियो । पोखराबाट काठमाडौँ र काठमाडौँबाट सिमरासम्म उनलाई हवाईमार्गबाट ल्याइएको थियो ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको हिरासतमा राखिएको छ ।

लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसै प्रकरणमा अनुसन्धानमा रहेका पूर्वडीआईजीसमेत रहेका छविलाल बन्जाडे जोशीलाई मंगलबार नै पोखरा फर्काइएको छ। उनको बयान सोमबार लिइएको थियो । रविका व्यावसायिक साझेदारसमेत रहेका बन्जाडेलाई आइतबार बेलुका पोखराबाट स्थलमार्ग हुँदै वीरगञ्ज ल्याइएको थियो ।

आइतबार जिल्ला अदालत, कास्कीले ४ दिन म्याद थप गरेकाले यस अवधिमा उनीहरूको बयान सक्ने पर्सा प्रहरीको तयारी छ । त्यसपछि उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]