१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपाल प्रहरीका आईजिपी कुँवरको अवकाश पछी भाबी आईजिपीका दाबेदारहरु कोला,?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २६, २०८१

 

काठमाडौं३० वर्षे सेवाहदका कारण उनले आगामी ५चैतमा अवकाश पाउनेछन्।

उनको अवकाशको मिति नजिकिदै गर्दा प्रहरीमा नयाँ नेतृत्वका लागि संघर्ष सुरु भइकसेको छ।नयाँ नेतृत्वका लागि तीन प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)बिच प्रतिस्पर्धा छ ।

जसमा दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ छन् । एआइजी थापा हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत छन् भने गिरी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रतामाङ अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।

उनीहरुमध्ये थापालाई नै भावी आईजीपीका रुपमा हेरिएको छ । कार्यक्षमतामा पनि अब्बल रहेका थापाको सबै राजनीतिक दलको नेतृत्वसँग सुमधुर सम्बन्ध रहेकाले पनि उनलाई सबैभन्दा बलिया दाबेदार मानिएको छ ।

एआइजी गिरीको पनि कांग्रेस नेताहरुसँग घनिष्ट सम्बन्ध छ । उनी त्यही सम्बन्ध प्रयोग गर्ने प्रयासमा छन् । एआइजी तामाङ भने खासै लबिइङमा लागेका छैनन् ।

अहिलेकै प्रावधान अुनसार उनीहरुमध्येबाट ६ महिनाका लागि आईजीपीमा नियुक्त हुनेछन् ।अर्कोतर्फ ३० वर्षे सेवाहद हटाउने सम्बन्धि प्रहरी ऐनको मस्यौदा पनि मन्त्रिपरिषद् पुगिसकेको छ ।

यदी संसदको हिउँदे अधिवेशनबाटै प्रहरी बिधेयक पास भएमा भने अहिलेकै आईजीपीको कार्यकाल लम्बिने सम्भावना समेत छ । नेपाल प्रहरीमा सामान्यता अन्तिम दिन आएर आईजीपी बढुवाको निर्णय हुने गर्दछ ।

जसकारण अत्याधिक चलखेल हुने भएकाले चलखेल पनि धेरै हुने गरेको छ । नेपाली सेनामा जस्तै अवकाशको एक महिनाअघि नै प्रमुख बिदामा बस्ने र नयाँ नेतृत्व अघि बढाउनुपर्ने माग प्रहरीमा पनि उठेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]