२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मंगलबारको राशिफल यस्तो छ,

Logo
Abc Sanchar प्रकाशित मंगलबार, पुष ०२, २०८१

मेष राशि – कार्य क्षेत्रलाई लिएर यात्रा हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।सहयोगिको साथले हरेक क्षेत्र सफल हुनेछ ।रचनात्मक कार्यमा सरिक भैएला ।बौद्दिक व्यक्ति संगको संगतले स्तर वृद्दि होला । पारिवारिक सद्भाव वढ्नेछ ।

बृष राशि – संगितको क्षेत्रमा विशेष उन्नति होला ।विद्यार्थीको लागि विशेष लाभपूर्ण दिन रहेको छ ।पुरुषार्थ वढ्नेछ ।दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।

मिथुन राशि – साहस पराक्रम बढ्ला ।प्रतिस्पर्दा वा ईन्टरभ्यूमा सफलता मिल्नेछ ।धार्मिक कार्यमा रुची वढ्ला । आफन्तको सहयोगले मनमा हर्ष छाउला ।व्यवसायिक सफलता मिल्ला ।प्रशासनिक एवं न्यायिक सफलता मिल्नेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

कर्कट राशि – अपजस सहन गर्नुपर्ने दिन रहेको छ । व्यवसायमा अलिक बिचार गरेर लगानि गर्दा उपर्युक्त हुनेछ ।विरोधिहरु सलवलाउनेछन् ।आर्थिक कारोवारमा सोचेअनुरुप सफलता मिल्ने छैन ।खानपानमा विशेष ख्याल गर्नु होला स्वास्थ्य विग्रन सक्छ ।

सिंह राशि – मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।अरुलाई आवश्यकता भन्दा वढि सल्लाह नदिनुनै उपर्युक्त हुन्छ ।बाणिको प्रभाव वढ्नेछ ।कलाको क्षेत्रमा मन रमाउला ।आर्थिक सुधार हुनेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।

कन्या राशि – कार्य क्षेत्रमा नयाँ जिम्मेवारी समाल्नु पर्नेछ ।हिम्मतले कार्य गरे कार्य सफलता पनि होला ।अधुरा कार्यहरु भने पुन: सुचारु हुनेछन् ।पारिवारीक प्रेम वढ्नेछ कार्य क्षेत्रमा मान सम्मान वढ्नेछ ।शेयल लगानिवाट मनज्ञ आम्दानि वढ्ला ।

तुला राशि – प्रेम सम्वन्ध प्रगाढ होला ।दिन प्रेमिल हुनेछ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक पक्षमा सुधार आउला ।कृषकहरुको लागि आज उत्तम दिन रहेको छ।धार्मिक संघसस्था वा सम्मेलनमा सहभागि हुने अवसर मिल्ला ।

बृश्चिक राशि – काम गर्दा अलिक आत्मल वढाएर गर्नुपर्नेछ ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला । कृषि वा पशुधनमा क्षतिहुन सक्छ ।सामान हराउने हुन सक्छ विशेष ख्याल राख्नु होला ।

धनु राशि – आत्मविश्वास पूर्ण हुनेछ ।बैदेशिक कार्यमा सफलता मिल्ला । सामाजीक सेवामा मन लाग्नेछ । मान मान सम्मान वढ्ला ।शैक्षिक प्रगति होला ।शुभ समाचारले मनमा हर्ष छाउला ।रमाईलो यात्रा हुनेछ ।

मकर राशि – कार्यक्षेत्रमा सघर्षपूर्ण समय हुनेछ ।आटेका कार्यमा वाधा उत्पन्न होला ।अलिक झमेलामा परिनेछ ।प्रतियोगि सफल हुनेछन् ।व्यवसायमा भने सफलता मिल्ला ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।प्रेमीप्रेमिका विच सुमधुर सम्वन्ध बन्नेछ।

कुम्भ राशि – मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।मन प्रसन्न रहला । सन्तानको स्वास्थ्यमा भने ख्याल गर्नुहोला ।

मिन राशि -चूनौतिको सामना गर्दै अगाडि वढ्नु पर्नेछ । कार्यमा वाधा व्यवधान आएता पनि कार्य सम्पादन भने हुनेछन् ।वुद्धिको विकाशले पनि जटिल समस्या निराकरण हुनेछन् ।कार्यक्षेत्रमा अनावश्य भय रहनेछ ।स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला । हिम्मत बढ्नाले हरेक कार्यमा सहजता हुनेछ ।

वास्तु टिप्स –
पूजा स्थल कुन दिशामा वनाउदा शुभ हुन्छ त ? पूजा स्थल सकेसम्म पूर्व उत्तरको दिशामा बनाउनु पर्छ । उत्तर वा पूर्व फर्केर पूजा गर्ने वनाउदा अत्यन्तै शुभ हुन्छ । पूजा स्थलमा कुनैपनि एकै भगवान्का धेरै तस्विर वा मूर्ति राख्नुलाई वास्तु अनुसार नकारात्मक मानिन्छ । जस्तै दुई तिनवटा गणेश,देवि, शिव अादी ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।