१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

काठमाडौंबाट ६८ लाख हुण्डी कारोबारमा संलग्न ४ जना रंगेहात पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०३, २०८१

काठमाडौँ । एयरपोर्ट नजिकै हुण्डी कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापा घर भएका २७ वर्षे युवराज सुवेदी र ३२ वर्षका प्रवेशकुमार पौडेल छन्।

काठमाडौं–९ शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको विशेष सूचनाका आधारमा गएराति प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई समातेको हो।

प्रहरीका अनुसार उक्त स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाई कम्पनीको कार चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको ६८ लाख रुपैयाँ फेला परेको थियो। त्यस्तै, पाँच–पाँच थान चेक र मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता, २०७४ संसोधित १२५ (क) बमोजिम हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]