२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालमा पुनः मंकिपक्स संक्रमण देखियो,

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०६, २०८१

 

काठमाडौं । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो ।

यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार संक्रमण पुष्टि भएका व्यक्तिमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारका लागि राखिएको छ ।

पछिल्लोपटक १११ मुलुकमा मंकीपक्स फैलिइसकेको छ । मंकीपक्स एक प्रकारको ‘भाइरल जुनोसिस’ हो, अर्थात् यो जनावरबाट मानिसमा सरेको भाइरस हो । मानिसमा संक्रमण हुँदा छाला, अनुहार, हत्केला र पैतालामा बिबिरा देखापर्ने, बिबिरा परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, ज्वरो आउने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्नेजस्ता लक्षण देखिन्छन् । यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशमा पाइन्छ । अफ्रिकाबाट नै यो भ।ाइरस अन्यत्र फैलिएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]