२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

टमाटर खेतीबाट बार्षिक डेढ लाख आम्दानी

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

लमही,१८ मंसिर । देउखुरीको लमही नगरपालिका वडा नं. ४ अर्नहवाका दिलबहादुर बिष्ट टमाटर खेतीबाट बार्षिक डेढ लाख बढि आम्दानी गर्ने गरेका छन ।

स्वदेशमा केही नभएको भन्दै दिनहु नेपालीहरु विदेशी रहेका बेला बिष्टले आफ्नै ठाउँमा टमाटर खेतीका माध्यमबाट राम्रो आम्दानी गर्ने गरेका छन । टमाटर खेतीबाट आउने पैसाले घरपरिवार चलाउनेदेखि बचत समेत गर्ने गरेको बिष्टले बताए ।

तरकारी खेतीबाट संकलन भएको पैसाले देउखुरीमा तीन कट्ठा जग्गा समेत किनेको उनी बताउँछन । एक दशकदेखि टमाटर खेती गर्दै आएका बिष्टले यस अघि व्यबसायिक रुपमा कपास ,च्याउँ खेती समेत गर्दै आएका थिए ।

च्याउँ र कपास खेती गर्दा मेहनत धेरै आम्दानी कम हुन थालेपछि पछिल्लो समय टमाटर खेत ीगर्न थालेको उनी बताउँछन । कपास र च्याउँखेती भने २०४५ सालबाट सुरु गरेका थिए । तर धेरै लामो समय गर्न भने सकेनन् ।

बिष्टले अहिले करिव १० कठ्ठामा व्यवसायिक टमाटर खेती गर्दै आएका छन । ‘टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि अन्य खेती छोडेर टमाटर खेती गर्न थालेको छु’,उनले भने,‘टमाटर खेतीबाट राम्रो आम्दानी हुने गरेको छ ।’ टमाटर खेती गर्दा आफुलाई धेरै सहजता भएको उनी बताउँछन ।

टमाटर रोपेको करिव ७० दिनमा तयार हुने र त्यसबाट राम्रो आम्दानी लिने गरेको उनी बताउँछन । टमाटर सिजनमा कम मुल्यमा विक्रि हुने गरेपछि अन्य समयमा धेरै राम्रो हुने गरेको समेत बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]