१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगियो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष ११, २०८१

 

दैलेख । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका-१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनले बताए ।

चीन सरकारको रु. दुई अर्ब ५० करोड अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका-१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । साथीहरू, हामी साँच्चै नै घोराही बनाउने हुटहुटी लिएर अगाडि बढेका छौँ। हाम्रो अभियान कुनै व्यक्ति, समूह वा संस्थाको विरोधका लागि होइन। हाम्रो उद्देश्य एउटै हो—घोराहीलाई अझ व्यवस्थित, समृद्ध, सुन्दर, आत्मनिर्भर र सम्भावनायुक्त सहर बनाउने। हामीसँग अहिले ठूलो बजेट छैन। हामी कुनै छुट्टै आम्दानी गर्ने ठाउँमा पनि छैनौँ। त्यसैले अभियानलाई अगाडि बढाउँदै गर्दा आफ्नो […]

रुपन्देही । सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति सशस्त्र प्रहरीको टोलीले एक किलोग्राम सुनका विभिन्न गरगहनासहित एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका-१९ की ४६ वर्षीया ईला पटेल रहेकी छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा […]

काठमाडौं । नेपालकै पहिलो क्रुजका रूपमा चिनिएको राइनो क्रुज पछिल्लो समय नारायणी नदीको भीषण बाढीमा बगेर नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा अड्किएको छ। तर धेरैलाई एउटा प्रश्न छ— “राइनो क्रुजमा वास्तवमै कति लगानी भएको थियो?” तथ्य हेर्दा ५० करोड रुपैयाँ क्रुजमा मात्रै लगानी भएको होइन। 🔹 राइनो क्रुजको आफ्नै लागत: करिब १० करोड रुपैयाँ 🔹 क्रुजमा […]