२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गणेश डाँगी र गगनको तिम्रो मायामा अन्धो भएछु नयाँ गित सार्वजनिक,

Logo
कृष्ण अधिकारी प्रकाशित बुधबार, पुष १७, २०८१

दाङ । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली तिम्रो मायामा अन्धो भएछु सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गणेश डाँगि गगन र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन्
यस गीतमा गणेशडाङ्गी गगनकै लय शब्द रहेको छ। दाङ सल्यान र रोल्पाको विभिन्न ठाउँमा छायांकन गरेको गीतमा गायक स्वयं गणेश र बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गायक आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् ।
क्यामरा र ड्रोन मित्रबाबुले चलाएका हुन् भने व्यवस्थापनको रुपमा सरोज रेग्मीले सहयोग गरेका हुन्

गीतको रेकर्ड मालिका स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ।
गीतमा रिदम मेघराज लुङ्गेली र बाँसुरीमा गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीले बजाएका हुन् भने तिम्रो मायामा अन्धो भएछु बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।