३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

बार दाङको निर्वाचनमा अधिबक्तामा घिमिरे अध्यक्ष पदको लागि चुनाबी मैदानमा सयुक्त प्यानल

Logo
प्रकाशित शनिबार, मंसिर २१, २०७६

महेन्द्र सिंह घोराही,मसिर २१ नेकपा दाङले जिल्ला बार एशोसियसन दाङको नयाँ नेतृत्व चयनका लागि यहीँ मङ्सिर २८ गते हुन लागेको निर्बाचनमा शिबप्रसाद घिमिरे नेतृत्वको कांग्रेस निकट र कम्युनिष्ट निकट कानुन ब्यबसायीहरु मिलेर घोषणा गरिएको सयुक्त प्यानललाई समर्थन गरेको छ । नेकपा घोराही उपमहानगरका सयोजक राममणि पाण्डेले घिमीरे नेतृत्वको सयुक्त प्यानलमा उपाध्यक्षमा मणिराज आचार्य(मौसम)ले नेतृत्व गरेको भन्दै आचार्य रहेको प्यानललाई नै नेकपाको आधीकारीक समर्थन रहेको बताए । त्यस्तै नेकपा दाङका अध्यक्ष टिकाराम खड्काले पार्टीको आधीकारिक निर्णय बाट नै सयुत्त प्यानललाई निर्वाचनमा पठाएको बताए । तर, घिमिरे नेतृत्वको सयुक्त प्यानलमा नेकपा निकट कानुन ब्यबसायीहरु उपाध्यक्ष, कोषाध्यक्ष र केहि सदस्यहरु पाएको छ । ऋषिराज न्यौपाने नेतृत्वको कांग्रेस र बामपन्थि कानुन ब्यबसायी मिलेर अर्को सयुक्त प्यानल चुनाबी मैदानमा छ । यो प्यानललाइ नेपाली कांग्रेस दाङले समर्थन गरेको छ । कांग्रेस दाङका सभापती कीर्तिबहादुर खड्काले न्यौपाने नेतृत्वको सयुक्त प्यानलको पक्षमा मतदान गर्न आग्रह गरेका छन । कांग्रेसमा न्यौपानेको विरुद्धमा सो पार्टीकै घिमिरेले बागी हालेका छन भने बामपन्थिमा आचार्यको विरुद्धमा उपाध्यक्षमा उनकै पार्टीका ठाकुर वलिले बागी हालेका छन । त्यस्तै सचिब र कोषाध्यक्षसहित अन्य सदस्यहरुमा पनि पार्टीका आधीकारीक एक अर्का उम्मेद्वार विरुद्ध मनोनयन दर्ता गराएका छन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]