२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

नेपालगन्ज वडा प्रहरी निरीक्षक बस्नेतद्वारा ४ लाख ५० हजार मुल्यको एक ट्रक अबैध सुर्ती बरामद

Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

महेन्द्र सिंह
बाँके मङ्सिर २२ नेपालगन्ज वडा प्रहरी कार्यालय बाँकेले ठुलो परिमाणमा सुर्ती जन्य प्रदार्थ बरामद गरेको छ।
आइतबार बिहान ३ बजे वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतको कमान्डको प्रहरी टोलीले नेपालगन्ज १६ जयसपुर इतरामबाबा मन्दिर पछाडी गाउँमा परालमा लुकाइराखेको एक ट्रक सुर्ती बरामद गरेको हो।
बिशेष गोप्य सूचना पाएर प्रहरी टोली जमुनहा गाउँ पुगेर जांच गर्दा सुर्ती बरामद गरेको वडा प्रहरी निरीक्षक बस्नेतले बताए। बस्नेतका अनुसार उक्त सुर्ती भारतबाट अबैध रूपमा ल्याएर राखिएको हो। उक्त सुर्तीको मूल्य ४ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ।
अहिले सुर्तीलाई वडा प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ। प्रहरी निरीक्षक बस्नेत नेपालगन्ज आएदेखि थुप्रै सराहनीय कार्य गर्दै आइरहेका छन् ।
नेपालगन्जको शान्ति सुरक्षा लगायत अबैध चोरीपैठारीका बस्तुहरु बरामद गर्दै आउँदा अहिले उनकै सक्रियतामा यति ठुलो परिमाणमा अबैध सुर्ती बरामद हुनु उनको ठुलो सफलता भएको छ। वडा प्रहरी बस्नेत निरीक्षकको कामको चो तर्फी चर्चा चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

काठमाडौं । निर्वाचन आयोगले एक समूहले गरेको राष्ट्रिय भेला वैधानिक नभएको ठहर गर्दै लालवीर चौधरीको दाबी अस्वीकृत गरेको हो । यसअघि चौधरी नेतृत्वको समूहले राष्ट्रिय भेला मार्फत श्रेष्ठलाई हटाई आफूलाई अध्यक्ष तोकेको घोषणा गर्दै अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो । तर आयोगले राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानको अध्ययन, दुवै पक्षको लिखित जवाफ तथा […]

चितवनमा नापी कार्यालयका प्रमुख लम्साललाई नेकपा बहुमतका कार्यकर्ताले दले कालो मोसो चितवन । खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्साललाई नेकपा (बहुमत) खैरहनीले कार्यकक्षमै कालो मेसो लगाएर कारवाही गरेको छ । उनले सेवाग्राहीबाट घुस असुल्ने गरेको, माफियाहरुलाई सहयोग गरेको लगायतका आरोप लगाएको छ ।

error: Content is protected !!