२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

निकै लामो रस्साकस्सी पछि नेपाल प्रहरीका २५ जना एसपीहरू (एसएसपी) पदमा बढुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०१, २०८१

काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ ।

आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश थापा रहेका छन् भने दोस्रो नम्बरमा अजय के.सी. रहेका छन् । त्यसैगरी तेस्रो नम्बरमा अनुपम शम्शेर ज.ब.रा., चौथो नम्बरमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारी रहेका छन् ।

निकै लामो रस्साकस्सीपछि गृह मन्त्रालयस्थित बढुवा समितिको सचिवालयले बढुवा प्रक्रिया टुंगो लगाएको छ। रिक्त दरबन्दीहरूमा लामो समयसम्म बढुवा नहुँदा करियर पथमा गम्भीर असर पर्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गर्दै आएका थिए। यसैक्रममा, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी बसन्त बहादुर कुँवरले बढुवा प्रक्रिया ढिलाइ नगर्न बारम्बार जोड दिँदै यसलाई शीघ्र टुंग्याउने प्रयास गरेका थिए।

तर निकै ठूलो शक्ति संघर्षका कारण पार पाउन सकेको थिएन ।

जति धेरै समय लम्बियो, त्यति नै जटिल र असरकारी बनेको चौतर्फी दबाबका बीच सोमबार रातिसम्म बसेको बैठकले बढुवा प्रक्रिया टुंग्याएको छ। पछिल्ला दिनहरूमा को कति नम्बरमा पर्न सक्ने भन्ने विषयले बढुवा प्रक्रियालाई झन् पेचिलो बनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!