२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गुल्मी,पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रिडीमा माघे सङ्‍क्रान्ति मेलाको घुइँचो,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, माघ ०१, २०८१

अर्घाखाँची । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्‍क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ ।

रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो ।

माघे सङ्‍क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ । हिन्दू धर्ममा विश्वास राख्नेहरूको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।

रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रदालु भक्तजनको सहभागिता रहने गर्दछ । चार धाममध्येको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सङ्‍क्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्दछ ।

माघे सङ्‍क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिका लागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।

यस क्षेत्रमा प्राचिन समयमा देवदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

माघे सङ्‍क्रान्तिको अवसरमा सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!