१० आश्विन २०८३, शनिबार
26-09-2026 , Sat
×

गुल्मी,पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम रिडीमा माघे सङ्‍क्रान्ति मेलाको घुइँचो,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, माघ ०१, २०८१

अर्घाखाँची । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्‍क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ ।

रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो ।

माघे सङ्‍क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ । हिन्दू धर्ममा विश्वास राख्नेहरूको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।

रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रदालु भक्तजनको सहभागिता रहने गर्दछ । चार धाममध्येको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी) मा माघे सङ्‍क्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड लाग्ने गर्दछ ।

माघे सङ्‍क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिका लागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।

यस क्षेत्रमा प्राचिन समयमा देवदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ ।

माघे सङ्‍क्रान्तिको अवसरमा सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]