१० आश्विन २०८३, शनिबार
26-09-2026 , Sat
×

असफल बन्दै सिसहनियाँ महोत्सव,दिउँसो आउने कलाकार राति आएपछि दर्शकहरु निराश पोख्दै,

Logo
बिदुर एमसी प्रकाशित बुधबार, माघ ०२, २०८१

 

दाङ । देउखुरी कालापानी सिसहनियामा सञ्चालित महाेत्सव असफल भएको स्थानीय र दर्शकहरुले बताएका छन् । मंगलबार दिउँसो आउने भनिएका कलाकार प्रमोद खरेल झमक्क साँझ परेपछि साढे ६ बजेतिर मात्रै मञ्चमा देखिए । जहाँ दर्शकले उनलाई हेर्न र सुन्नका लागि भनेर १ सय रकमको टिकट काटेर दिउँसोदेखि पर्खिरहेका थिए । उनै खरेल साँझसम्म पनि देखिएनन् । टिकट काटेका अधिकांश दर्शकहरु चिसोको कारण घर फर्किसकेका थिए । तब साढे ६ बजेतिर उनी झुल्किए मञ्चमा । कतिपय दर्शक र स्थानीयले यसलाई महोत्सव आयोजकको असफलता बताएका छन् ।

प्रमोद खरेल आउँछन् भनेर दिउँसै सय!रुपैयाँ टिकट काटेर यहाँ महोत्सवमा भित्र प्रवेश गरियो तर साँझसम्म कुर्दा पनि उनी नआएपछि मन चिसो बनाएर घर फर्किन पर्‍यो । यो राम्रो भएन भन्दै पूजा चौधरीले गुनासो पोखिन् । दिउँसो आउँछन् भनेर किन साँझसम्म हामीलाई चिसोमा दु:ख दिनु खेदजनक रहेको उनलेे बताइन् । त्यस्तै अर्का दर्शक लक्ष्मी कुमालले पनि आयोजकले आफूलाई चिसोमा दु:ख दिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

त्यसैगरी देउखुरीको कालापानी सिसहनियामा सञ्चालित महोत्सव आयोजकले सरासर झूटो बोलेर दर्शकलाई धोका दिएका कारण महोत्सव त्यसैपनि असफल भएको उनीहरूले उल्लेख गरेका छन् । सो महोत्सवमा प्रमोद खरेल हेर्न र सुन्न आएका पूजा र लक्ष्मी मात्रै होइन । सरला, माधव, प्रकाश, गिता र मनोज लगायतका दर्शकहरुको आरोप छ । सय रुपैयाँ टिकटको लागि महोत्सव आयोजकले हामीलाई झूटो बोलेर धोका दिएको छ, उनीहरूले आक्रोश पोखे ।

यश विषयमा महाेत्सव आयोजक सिसहनिया उद्योग बाणिज्य संघ,कालापानी सिसहनियाका अध्यक्ष पूर्णबहादुर बुढाथोकीशीतको कुराकानीमा माघ १ गतेको दिन यातायातका कारणले गायक प्रमोद खरेल महोत्सवमा ढिलो आएको बताए । अब महोत्सवमा आउने कलाकारहरु ढिलो आएकोमा आयोजकको कमजोरी भएको स्वीकार गर्दै । अब उप्रान्त महोत्सवमा आउने कलाकारहरु निर्धारित समयमा नआएको खण्डमा मञ्चमा उक्लन नदिने चेतावनी दिएको पनि कुराकानीमा प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]