२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चेक बाउन्सको मुद्दामा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य किशोरबिक्रम मल्ल मिलापत्र पछी छुटे

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०३, २०८१

चेक बाउन्सको मुद्दामा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य किशोरबिक्रम मल्ल मिलापत्र पछी छुटे

काठमाडौं । गत सोमबार पक्राउ परेका उनी बुधबार छुटेका हुन्। गुल्मीमा पदम पहराईले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। आफूलाई २० लाख रुपैयाँ ठगी गरेको उनको जाहेरी थियो। मल्लले घर बनाउन भनेर पैसा लिएको, तर फिर्ता नदिएको उनको जाहेरी थियो। चेक दिए पनि बाउन्स भएपछि उनी प्रहरीमा पुगेका हुन्। प्रहरीले सुरुमा दुवै पक्षलाई छलफलबाट मिलापत्र गराउने प्रयास गरे पनि मल्ल पैसा तिर्न तयार नभएपछि जाहेरी दर्ता गरेर कारबाही अघि बढेको थियो। पक्राउ परेपछि उनले पैसा फिर्ता गरेका हुन्।

सरकारी वकिल कार्यालयमा मिलापत्र गरेर मल्ल मंगलबार छुटेको महाराजगन्ज वृत्तका डिएसपी रवीन्द्र पौडेलले बताए।

मल्ल अनेरास्ववियुका पूर्वअध्यक्षसमेत हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]