०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव मौसम बदली हुँदै घाम लाग्ने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, माघ ०४, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

राती भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]