२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने मुम्बई प्रहरीद्वारा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ ०६, २०८१

 

काठमाडौं । मुम्बई बिहीबार बिहान चोरी गर्ने उद्देश्यले सैफको घरमा प्रवेश गरेका आरोपी मोहम्मद शहजादले सैफमाथि चक्कु प्रहार गरेका थिए ।

पक्राउ परेका शहजादको उमेर ३० वर्ष रहेको छ । उनी बंगलादेशी नागरिक भएको आशंका छ । प्रहरीका अनुसार आरोपीले चोरीको योजना बनाएर घरभित्र घुसेका थिए। उनलाई घर अभिनेता सैफ अली खानको हो भन्ने पनि थाहा थिएन ।

प्रहरीले शहजादको भारतीय नागरिकता पुष्टि गर्ने कुनै प्रमाण फेला पारेको छैन । पहिचान लुकाउन उनले आफ्नो नाम परिवर्तन गरेको पनि प्रहरीको भनाइ छ। उनी ५-६ महिना अघि मात्र भारत आएका थिए । उनी हाउसकिपिङको काम गर्थे ।

आक्रमणमा सैफलाई ६ ठाउँमा चक्कु प्रहार गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]