०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपाल प्रहरीको २५ जना एसपीले एसएसपीको दर्ज्यानी चिन्ह फुली लगाए

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १०, २०८१

 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन्। बढुवाको निर्णय भए लगतै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए।

एसएसपीमा बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहेका छन्।

यसैगरी प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

गत साता बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवा गर्न सिफारिस गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]