२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

अब जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा लिएर अघि बढने: प्रचण्ड

Logo
Abc Sanchar प्रकाशित मंगलबार, माघ १५, २०८१

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको बताएका छन्।

तेह्रथुमको चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए । उनले संविधान जारी गर्नुअघि थाती राखिएका जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र बनाउने राजनीतिक एजेन्डा फेरि अघि सारिने बताए।

जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति उनको थियो । हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए ।

‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो ।  हामीले महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो । उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएकोजस्तो, बेवास्ता गरेकोजस्तो भयो,’ प्रचण्डले भने, ‘मजदुर, किसान, उत्पीडित,  समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थाररूका मुद्दा उठायौँ र जसरी स्थापित गर्‍याैँ । अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो, तर बिचैमा छाडिदियो भन्ने पर्न गयो । हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकति ‘लुज’ भयो । वर्गबैरीहरूसँग बढी सहकार्य गरेकोजस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ ।’
यस्तै, उनले एकपछि अर्को गरी पार्टी विभाजनको शृंखला रोक्न नसकिएको स्वीकार गरे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको बताए । ‘अब हमी हाम्रो वर्गसँगकोे सम्बन्धलाई मजबुत बनाउने  र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्दाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!