२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज (इन्स्पेक्टर) उपेन्द्र बुढाथोकी पुरस्कृत

Logo
सागर थापा प्रकाशित मंगलबार, माघ १५, २०८१

बाँके । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीलाई सम्मान गरेका हुन् ।२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रहरी निरीक्षक बुढाथोकीलाई आईजिपी अर्यालले सम्मान गरे।आईजिपी अर्यालले बुढाथोकीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे।सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग,समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै बुढाथोकीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचौकका एआईजी नारायण दत्त पौडेलले जानकारी दिएका छन ।

प्रहरी निरीक्षक बुढाथोकी ६ महिनादेखि ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा कार्यरत् रहेका छन् । उनले बाँकेको नेपाल र भारत सिमानामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]