०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

दाङका चार कानुन ब्यवसायिहरुलाई ६ महिनाको लागि साधारण सदस्य नरहने गरी निष्काशन

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

महेन्द्र सिंह
दाङ मंसिर २४ मंगलवार २२:५५
६ महीनाका लागि दाङका चार कानुन ब्यवसायिहरुलाई साधारण सदस्य नरहने गरी निष्काशन 1
घोराही, मंसिर २४ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन केन्द्रीय अनुशासन समितिले जिल्ला वार दाङको निर्वाचनको विषयलाई लिएर डिएलएको आधिकारीक उम्मेद्वार विरुद्ध वागि उम्मेद्वारी दिएका शिवप्रशाद घिमिरे, नारायणप्रशाद डाँगि, प्रदीप कुमार गौतम र भरतमणि न्यौपानेलाई कारवाही गरेको छ । केन्द्रिय अनुशासन समितिका संयोजक भरतप्रशाद खरेलले मंगलवार एक विज्ञप्ती जारी गरेर डिएलए दाङ शाखाको आधिकारीक विरुद्ध वागि उम्मेद्वारी दिएको र डिएलए दाङ शाखाको अध्यक्ष भनि भ्रम सिर्जना गर्ने कार्य गरेको र वागि उम्मेद्वारको चुनाव प्रचार प्रसार समितिको संयोजक भई कार्य गरेको पाईएको भन्दै संगठनको नियम वमोजिम ६ महीनाका लागि एशोसियसनको साधारण सदस्य नरहने गरी निष्काशन गर्ने निर्णय भएको खरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला वारका अध्यक्ष प्रदीप गौतमले केही दिन अगाडि डिएलए दाङको अध्यक्ष आफु भएको दावि गर्दै शिवप्रशाद घिमिरे नेतृत्वको काग्रेस निकट र वामपन्थि निकट कानुन ब्यवसायिहरु मिलेर बनाईएको संयुक्त ब्यावसायिक प्यानललाई समर्थन गर्दै अत्याधिक मतले जिताउन आग्रह गरेका थिए भने डिएलए दाङका अध्यक्ष निर्मल गौतम र सचिव सन्तोष पोख्रेलले त्यसको खण्डन गर्दै आफुहरु नै आधीकारीक अध्यक्ष रहेको र डिएलएका आधिकारीक उम्मेद्वार ऋषिराज न्यौपानेको संयुक्त प्यानललाई चुनाव जिताउन आग्रहसहीत विज्ञप्ती जारी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

error: Content is protected !!