१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

दाङका चार कानुन ब्यवसायिहरुलाई ६ महिनाको लागि साधारण सदस्य नरहने गरी निष्काशन

Logo
प्रकाशित बुधबार, मंसिर २५, २०७६

महेन्द्र सिंह
दाङ मंसिर २४ मंगलवार २२:५५
६ महीनाका लागि दाङका चार कानुन ब्यवसायिहरुलाई साधारण सदस्य नरहने गरी निष्काशन 1
घोराही, मंसिर २४ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन केन्द्रीय अनुशासन समितिले जिल्ला वार दाङको निर्वाचनको विषयलाई लिएर डिएलएको आधिकारीक उम्मेद्वार विरुद्ध वागि उम्मेद्वारी दिएका शिवप्रशाद घिमिरे, नारायणप्रशाद डाँगि, प्रदीप कुमार गौतम र भरतमणि न्यौपानेलाई कारवाही गरेको छ । केन्द्रिय अनुशासन समितिका संयोजक भरतप्रशाद खरेलले मंगलवार एक विज्ञप्ती जारी गरेर डिएलए दाङ शाखाको आधिकारीक विरुद्ध वागि उम्मेद्वारी दिएको र डिएलए दाङ शाखाको अध्यक्ष भनि भ्रम सिर्जना गर्ने कार्य गरेको र वागि उम्मेद्वारको चुनाव प्रचार प्रसार समितिको संयोजक भई कार्य गरेको पाईएको भन्दै संगठनको नियम वमोजिम ६ महीनाका लागि एशोसियसनको साधारण सदस्य नरहने गरी निष्काशन गर्ने निर्णय भएको खरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला वारका अध्यक्ष प्रदीप गौतमले केही दिन अगाडि डिएलए दाङको अध्यक्ष आफु भएको दावि गर्दै शिवप्रशाद घिमिरे नेतृत्वको काग्रेस निकट र वामपन्थि निकट कानुन ब्यवसायिहरु मिलेर बनाईएको संयुक्त ब्यावसायिक प्यानललाई समर्थन गर्दै अत्याधिक मतले जिताउन आग्रह गरेका थिए भने डिएलए दाङका अध्यक्ष निर्मल गौतम र सचिव सन्तोष पोख्रेलले त्यसको खण्डन गर्दै आफुहरु नै आधीकारीक अध्यक्ष रहेको र डिएलएका आधिकारीक उम्मेद्वार ऋषिराज न्यौपानेको संयुक्त प्यानललाई चुनाव जिताउन आग्रहसहीत विज्ञप्ती जारी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]