२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

बुधबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, माघ १६, २०८१

मेष : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ। परिवारले सचेत गराएको कुराले मन भने अशान्त बन्नेछ। अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन्। व्यापारमा आम्दानी हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ।

मिथुन : सञ्चित रकम खर्च हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ।

कर्कट : मन अशान्त बन्ने जोखिम छ। शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ। यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ।

सिंह : मन अशान्त बन्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल भए पनि सन्तुष्टि नमिल्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। बाहिरको खानामा जोगिनु उचित हुनेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सहज बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : परिवारबाटै असहयोग हुने दिन छ। गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ। सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ।

कुम्भ : साथीभाइको साथ मिल्नेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशा जारी छ। जसका कारण सञ्चित धन खर्च हुनेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा
सचिव :- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र ।
फोन नं 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!