०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

आशिका तामाङ शुक्रबारसम्म प्रहरी हिरासतमै रहने

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ १६, २०८१

 

काठमाडौं । प्रहरी वृत्त जगाते,भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ । यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

केहीअघि साँगाको झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ लिने गरेकोमा विरोध गर्दै आशिकाले टिकटको रसिद समेत च्यातेकी थिइन् । सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो ।

प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]