२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

६४ जना यात्रु बोकेको एक विमान दुर्घटना सबै जना नदिमा बेपत्ता खोजी कार्य जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १७, २०८१

 

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमका अनुसार राजधानी वाशिङ्टन नजिकको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक यात्रुवाहक विमान अवतरण गर्दै गर्दा हेलिकप्टरसँग ठोक्किएको हो । अमेरिकन एयरलाइन्सले सीएनएनलाई उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार भएको जानकारी दिएको छ।

घटनाले अमेरिकामा त्रास फैलाएको छ । विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन् । विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन् । दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुर्घटनाबारे जानकारी दिइएको पुष्टि गरेकी छिन्।

वाशिङ्टन, डीसी प्रहरीले एक्समा जहाज दुर्घटनापछि पोटोम्याक नदीमा खोजी तथा उद्धार कार्य चलिरहेको जानकारी दिएको छ । दुर्घटनामा हालसम्म कुनै मृत्यु वा घाइतेको जानकारी आएको छैन, तर विमानस्थलबाट उडान र अवतरण सबै रोकिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!