०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा पुनद्वारा ईलाका प्रहरी कार्यालय थारमारेको निरीक्षण,

Logo
सागर थापा प्रकाशित बिहिबार, माघ १७, २०८१

दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा निरीक्षण तथा अवलोकनको लागि ईलाका प्रहरी कार्यालय थारमारे,सल्यानमा पाल्नु भई इलाका प्रहरी कार्यालय थारमारे, सल्यान अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै इलाका प्रहरी कार्यालय थारमारे सल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठबाट समग्रह वडा एरियाको शान्ति सुरक्षा तथा उक्त कार्यालयबाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका बारेमा जानकारी गराउनु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]