२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अभियानकर्मी आशिका तामाङलाई हिरासतमा भेटेर आएपछि रास्वपा सांसद सुमना श्रेष्ठ मिडियामा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ १७, २०८१

काठमाडौं । अभद्र व्यवहारको मुद्दामा पक्राउ परेकी कथित अभियानकर्मी आशिका तामाङलाई भेटेपछि रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले बिहीबार प्रतिक्रिया जनाएकी छन्।

भक्तपुरको जगाती वृत्तमा तामाङलाई भेटेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “उहाँको तरिका अराजक छ, तर त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्बित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिलेसम्म हुन सकेको छैन? सबै वृत्तान्तको भिडिओ आफैंले पोस्ट गरेकी छिन्। विभिन्न जिल्लामा जाहेरी दिने को हो? अरु जाहेरीमा पनि यही रफ्तारमा कारवाही हुन्छ?”

श्रेष्ठले राज्यसँग केही प्रश्नसमेत उठाएकी छन्। उनले थप लेखेकी छन्, “यो त सरासर ‘हाम्रो विरोध गर्छस्, पख, देखाइदिन्छु’ भनेको होइन? योभन्दा गम्भीर घटना— शिक्षालयमा तालाबन्दी तोडफोड गर्ने दल संरक्षितहरूलाई केही नगर्ने, प्राध्यापक कुट्नेलाई विदेश जान दिने, दिनमा फरार रातमा प्रहरीकै कार्यक्रममा सरिक भएको पनि देखेकै हो हामीले।”

उनको यो टिप्पणीले सामाजिक सञ्जालमा थप बहस निम्त्याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]