२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ १८, २०८१

मेष :-आजको दिन तपाईंको लागि अनुकूल हुनेछ ।सोचेका कामहरू सफल हुनेछन्। विपक्षीहरू शान्त भएकाले काममा अवरोध हुनेछैन ।खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। बौद्धिक क्षेत्रका व्यक्तिहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ।

वृष :-बोल्दा विचार गरेर अगाडि बढ्नु राम्रो हुनेछ। तर्क वितर्क बाट बच्नुनु ठिक हुनेछ ।स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारमा विश्वासघात हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपट हुन सक्छ।

मिथुन :-अनुत्पादक क्षेत्रमा धन खर्च हुनेछ। साथीलाई गोप्य कुरा सुनाउँदा तपाईंमाथि आक्रमण हुन सक्छ। धार्मिक कार्यक्रममा सहभागी हुँदा मन शान्त हुनेछ। गुरुसँगको साक्षात्कारले फाइदा हुने योग छ। अग्रजको सल्लाहमा हिड्नुहोला ।

कर्कट :-दिन सामान्य हुनेछ।आफ्नै बोलीका कारण अप्ठेरोमा पर्न सक्नुहुन्छ। दाजुभाइको सहयोग लिएर अगाडि बढेमा दिन सहज हुनेछ। परिवारको सल्लाह लिएर गरेको कामबाट नाम र दाम दुवै मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यवसायिक सफलता मिल्नेछ ।

सिंह :-शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। गोपनीयता भंग हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या :-साना कुराले मन अशान्त बन्नेछ। एकल लगानीमा अगाडि बढ्नु भन्दा संयुक्त लगानीबाट फाइदा हुने देखिन्छ। परिवारसँग रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला :-अनुत्पादक क्षेत्रको लगानीले मन दुःखी हुनसक्छ। परिवारले भन्दा बाहिरका साथीहरूले तपाईंको प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ।व्यवसायमा मिश्रित फल प्राप्त हुनेछ।

वृश्चिक :-धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्ने दिन छ। साथीभाइले साथ दिएको मौकामा आफ्नो काम गरेमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।लेनदेन गर्दा विशेष ख्याल राख्नु पर्ला ।

धनु :-दिन राम्रो छ। वैदेशिक रमझमले मन आकर्षित गर्नेछ। कुनै कामको सुरुवात गरेको भए सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ ।शिक्षाको क्षेत्रमा लगानी भएमा फाइदा हुनेछ।

मकर :-सञ्चित धन खर्च हुने जोखिम छ। साथीभाइको साथले सोचेको काम बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्ने भएकाले परीक्षाको तयारीमा भए सचेत बन्नुपर्नेछ। साथीलाई विश्वास गरेमा व्यापारमा फाइदा हुने दिन छ।

कुम्भ :-मन चन्चल हुनेछ । अ्यात्ममा मन लगाउदा मन शान्त हुनेछ ।व्यवसायिक जिवनमा केही उतार चढाव हुनेछ।अरूको चिन्ता लिनु भन्दा आफू थोरै बोलेर अगाडि बढ्नु राम्रो हुने दिन छ।

मीन :-शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। बौद्धिक क्षेत्रमा गरेको श्रमले नाम र दाम दुवै प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।दिन शुभ रहेको छ ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद्
सचिव- नेपाल ज्यौतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]