२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

खोटाङमा कुकुरले शरीरको भाग खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ १८, २०८१

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा कुकुरले शरीरको भाग खाएको अवस्थामा नवजात शिशुको एउटा हात फेला परेको छ । जालपास्थित खरबारीका जशबहादुर राईको घर नजिकै पर्ने बाँसघारीमा नवजात शिशुको शव गाडिएको छ भन्ने स्थानीयले दिएको जानकारीको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोली पुग्दा कुकुरले शरीरजति खाइसकेको अवस्थामा शिशुको एउटा हात फेला परेको हो ।

घटनास्थलको कानूनी प्रक्रिया पूरा गरी कुकुरले खाएर बाँकी रहेको नवजात शिशुको हात परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको जिल्ला प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिइन् । जालपामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको विषयमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बाँसघारीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको नवजात शिशुको शव हत्यापछि घटना लुकाउन गाडिएको हुनसक्ने आशंका गरिएको घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन् । घटनाको प्रकृति हेर्दा नवजात शिशुको शव केही दिनअघि गाडिएको भएपनि त्यसबारेमा बिहीबारमात्र जिल्ला प्रहरी कार्यालयमा जानकारी आएको उनको भनाइ छ ।

खरबारीस्थित जसबहादुरको घरभन्दा करिब ८०० मिटर टाढा पर्ने बाँसघारीमा गाडिएको ठाउँबाट बरामद गरिएको नवजात शिशुको हातसमेत सडेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि जालपावासीमा कौतुहलता बढेको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!