०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

आज माघ १९ तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था हातमा लिएको दिन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १९, २०८१

 

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते शाही घोषणामार्फत शासनसत्ता हातमा लिने घोषणा गरेका थिए । आफैँले नियुक्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् घोषणा गरेका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए ।

सशस्त्र संघर्ष गरिरहेको माओवादी र संसदवादी दलहरुलाई ज्ञानेन्द्रको यो कदमले एकजुट बनाएको हो । दलहरु राजाको प्रत्यक्ष शासनको विरुद्ध एकजुट भएर आन्दोलन चर्किएको थियो । २०६२,०६३ को जनआन्दोलनको सूत्रपात नै यही दिनको कदमलाई मानिन्छ ।

२०६२ मंसिरमा दिल्लीमा द्वन्द्वरत माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी भयो । जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी शक्तिहरूले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ–आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलन गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने उल्लेख थियो ।

त्यसपछि माओवादीसहितका आठ राजनीतिक शक्तिले राजसंस्था विरुद्ध आन्दोलन गरेका थिए । त्यही आन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ गते लोकतन्त्र आएको हो । २०६४ को निर्वाचितमार्फत् बनेको संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २३८ वर्षीय राजसंस्थाको अन्त्य गरेको घोषणा गर्यो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको यतिका वर्ष पुगिसक्दा पनि जनचाहना अनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्य छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]