०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माण कार्य जारी दैनिक १६ घण्टा खुल्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ १९, २०८१

 

काठमाडौं । विमानस्थलको पूर्वाधार विस्तारका क्रममा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएपछि सञ्चालन समय बढेको हो।

यसअघि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब बिहान ७ बजेदेखि राति ११ बजेसम्म खुल्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे र अन्य विस्तार कार्य जारी रहेको जानकारी दिए।

१८ चैतअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउन सक्ने अपेक्षा गरिएको छ। विमानस्थलको क्षमता वृद्धिका लागि करिब १५ अर्ब रुपैयाँ लागतको योजना अन्तर्गत काम भइरहेको छ, जसले वार्षिक यात्रु क्षमता सवा करोड पुर्‍याउने लक्ष्य राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]