२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

पत्रकार महासंघका निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले सामाजिक सञ्जाल सम्वन्धी विधेयक खारेजको माग

Logo
ABC-Sanchar प्रकाशित शनिबार, माघ १९, २०८१

 

दाङ । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष बिपुल पोख्रेलले नागरीकलाइ सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्ने भन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएको भन्दै खारेजी हुनु पर्ने बताए । नेपालको संविधानले प्रदत्त गरेका कानुनका माध्ययमबाट सामाजिक संजाललाई मर्यादित बनाउने प्रसस्त ठाँउ रहेको भन्दै अभिव्यक्ती स्वतन्त्रता कुण्ठीत गर्नेगरी जवरजस्ती यसखालको कानुन आएमा त्यसको पुर्णरुपमा अवज्ञा गरिने र सबै पत्रकारहरु सडकमा आउने चेतावनी दिए ।

फौजदारी कानुन ल्याएर विरोधका स्वरलाई दवाएर जाने सरकारको सोच देखिएको भन्दै कार्यक्रमका प्रमुख अतिथी निर्वतमान अध्यक्ष पोख्रेलले व्यक्ति हत्या गरेका अपराधीलाई जस्तैगरी दोषी करार गर्ने मनसाय लोकतान्त्रीक सरकारको असल अभ्यास भित्र नपर्ने भन्दै यो वा त्यो बाहानामा कानुन ल्याउने कुरा जायज नभएको बताए । नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष डाक्टर सुदिप गौतमले संचार क्षेत्रलाई नियमन गर्ने विधेयक सरोकारवालाहरुसंगको सरसल्लाह र सुझाव बिना ल्याएर सरकार स्वच्छाचारी ढंगले अघि बढेको बताए ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासघका केन्द्रिय सचिव सविन सप्रियासन, लुम्बिनी प्रदेश महासचिव पाण्डबप्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी, नेपाल प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, व्याव्सन दाङका सचिब आदीम केसी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्दै संचार सस्था र संचारकर्मीको मनोबल उच्च राख्ने गरी काम गर्ने वातावरण सरकारले निमार्ण गर्नुपर्ने र त्यसको खबरदायी संचार संघसंगठनहरुले गर्नुपर्ने बताए ।

साधारण सभामा नेपाल प्रेस युनियन दाङका सचिब अमर क्षितिज भण्डारीले पेश गरेको सचिवको सांगठनिक प्रतिवेदन र कोषध्यक्ष लिलाधर वलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई बन्दशत्रले सभासदहरुबाट आएका सुझाबहरुलाई समेटी पारित गरेको छ । साभारण सभाले नेपाल प्रेस युनियनमा पनि सुद्धिकरण आवस्यक रहेको रहेको निष्कर्षका साथ आगामी दिनमा सुद्धिकरणको अभियानलाई अगाडि बढाउने निर्णय गनि गरेको छ । नेपाल प्रेस युनियनका उपाध्यक्ष गोपाल शर्मा भट्राइले स्वागत र उपाध्यक्ष किरण बिक्रम शाहले धन्यवाद ज्ञापन गरेको सधारणसभाको सहजिकरण सचिब अमर क्षितिज भण्डारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]