२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सरकारकै कारण लोकतन्त्रमाथिनै खतरा पैदा

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १९, २०८१

 

मकवानपुर । (शनिबार) हेटौंडामा पत्रकारसँग कुराकानी गर्दै गुरुङले वर्तमान सरकार लोकतन्त्रलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउनेतर्फ उद्धत रहेको आरोप लगाए ।

‘वर्तमान सरकार सदनलाई छलेर अध्यादेशमार्फत शासन गर्न खोजिरहेको छ । जसका कारण लोकतन्त्रमाथि क्रमशः खतरा पैदा हुँदै गइरहेको छ,’ प्रेस सेन्टर नेपालद्वारा आयोजित कार्यक्रममा उनले भने । दुई दलीय अभ्यासतर्फ कांग्रेस–एमाले नेतृत्वको अगाडि बढेको उनले बताए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पनि लोकतन्त्रमाथि खतरा बढिरहेको आरोप उनले लगाए ।

‘विकास, सुशासन र समृद्धिको बाधक भ्रष्टाचार र कमिसनतन्त्र हो,’ उनले भने, ‘यसका कारण मुलुकको आर्थिक अवस्था चौपट भइसकेको छ । तर, यसलाई नियन्त्रण गर्नुभन्दा पनि संरक्षण गर्ने प्रक्रियाबाट सरकार अगाडि बढिरहेको छ ।’ आफ्नो दलका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले डेढ वर्षमा भ्रष्टाचारीको विरुद्धमा सुरु गरेको अभियानका कारण तर्सिएर वर्तमान सत्ता गठबन्धन निर्माण भएको पनि उनले बताए ।

‘मुलुकको स्वाधीनता रक्षा गर्ने दायित्व सरकारको हो । तर, सरकारले जुन किसिमको परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने हो, त्यस प्रकारको काम गर्न सकिरहेको छैन,’ उनले भने, ‘जसले गर्दा मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट पैदा भइरहेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]