२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एसएसपी अधिकारीले गलत काम गर्नेहरु विरुद्ध दिए कडा निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ २२, २०८१

 

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन्।

मंगलबार प्रहरी वृत्त, बौद्धको निरीक्षण गर्ने क्रममा उनले गीताको अध्याय ४, श्लोक ८ उल्लेख गर्दै ‘‘विनाशाय च दुष्कृताम्’’ भनिएझैँ, दुष्कर्म गर्नेहरूसँग कठोर रूपमा प्रस्तुत हुन निर्देशन दिए।

प्रहरी सेवामा आउने हरेक नागरिकलाई समान रूपमा महत्त्व दिनुपर्ने बताउँदै उनले गलत प्रवृत्तिविरुद्ध दृढतापूर्वक लड्नुपर्ने धारणा राखे।

“सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका समस्यालाई महत्त्वपूर्ण रूपमा लिनुपर्छ,” उनले भने, “तर, अपराधी प्रवृत्तिविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्छ।”

सेवाग्राहीका लागि प्रहरी सहयोगी बन्नुपर्ने तर अपराधीहरूसँग कठोर नीति अपनाउनुपर्नेमा उनले जोड दिए। “त्यस्ता व्यक्तिविरुद्ध प्रहरीले शून्य सहनशीलताको नीति अपनाउनुपर्छ,” अधिकारीले भने।

यस्तै, एक प्रहरीको गलत कामले सिंगो संगठनमाथि प्रश्न उठ्ने भएकाले संगठनभित्रै रहेका विकृति हटाउनुपर्ने उनको भनाइ थियो। साथै, प्रहरी जवानहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अधिकारीले उनीहरूको मनोबल उच्च राख्न अधिकृतहरूले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!