
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.व.उ विश्व अधिकारीबाट प्रहरी वृत्त बौद्धको निरिक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न ।
निर्देशनका क्रममा प्रहरी कार्यालयमा सबैभन्दा बढी लगभग ८३% प्रहरी कर्मचारीहरु प्रहरी जवान तथा प्रहरी हवल्दार दर्जाका कर्मचारीहरु रहेको । प्राय जनसम्पर्कमा आउने प्रहरी कर्मचारीहरु पनि यिनै दर्जाका बढी हुने भएकोले प्रहरी संगठनको छवि, मर्यादा र शानलाई उच्च बनाउने तथा जनताको प्रहरी प्रतिको विश्वास कायम गर्नेमा महत्वपूर्ण भूमिका रहेको ।
राज्य शक्तिको प्रयोग गर्ने अधिकार प्राप्त गरेको संगठन भएतापनि राज्यशक्तिको प्रयोग गर्दा यसलाई अन्तिम विकल्पको रुपमा मात्र प्रयोग गर्ने (औचित्य प्रमाण हुने गरी मात्र) मानवअधिकारको सम्मान गर्ने, प्रहरीले गर्ने सम्पूर्ण कार्यहरुलाई चार भागमा बाड्न सकिने हुँदा यी चार क्षेत्रहरु अपराधको रोकथाम, अपराधको अनुसन्धान, सवारी आवागमनको व्यवस्थापन र नागरिक अव्यवस्थताको व्यवस्थालाई सुदृढीकरण गर्दै नतिजामुखि पुलिसिङ (Result Oriented Policing) मा केन्द्रित भई Immediate Response System Develop गरी
नागरिकको धन्यवाद तथा स्यावासी प्राप्त गर्ने हुनुपर्ने,प्रहरी कार्यालयहरु प्रहरीको आवश्यकता नभई जनताको आवश्यकता अनुसार स्थापना भएकोले नागरिकको कार्यालय सम्झिई सेवामुखि भई कार्यसम्पादन गर्ने, जनता तथा नागरिकहरुप्रति नम्रताका साथ प्रस्तुत हुने, बोली वचन तथा व्यवहार मर्यादित गर्ने तर खराब आचरण तथा अपराध गर्ने व्यक्तिहरुलाई कानून बमोजिम कडा भन्दा कडा कार्वाही गर्न कत्तिपनि नहिच्किचाई आफूलाई कानून बमोजिम प्राप्त अधिकारको प्रयोग गर्ने, नागरिक आतंकित गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने ।
प्रहरी संगठनमा सिमित कर्मचारीहरु मात्र खराब आचरणका भएका र तिनिहरुले गर्दा सँगठनको गरिमामा आँच आइरहेको र सम्पूर्ण सँगठनलाई नै सिमित व्यक्तिको नकारात्मक क्रियाकलापबाट चित्रण हुदै आएकोले त्यस्ता प्रहरीहरुको पहिचान गरी सँठगनबाट निष्कासन गरिनुपर्ने तथा त्यस्तो सुचना आफुलाई प्रमाण सहित प्राप्त भएमा कारवाही गर्नुका साथै असल कार्यको बचाउ समेत गर्ने र उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई धेरै भन्दा धेरै पुरस्कृत समेत गर्ने हुँदा उच्च मनोवलका साथ काम गर्न उत्प्रेरणा गर्नु भएको ।
प्रहरीबाट भएका राम्रा-राम्रा कार्यहरु जनमानस सम्म नपुग्ने गरेको हुँदा त्यस्ता कार्यहरु अनलाईन प्लेटफर्म बाट सेयर गरी धेरै भन्दा धेरै मानिसहरुले थाहा पाउने गरि सेयर गर्न निर्देशन दिनु भएको ।
Self-Management सबैभन्दा जटिल र गाह्रो विषय भएको हुदाँ आन्तरिक व्यवस्थापनलाई ध्यान दिने; प्रहरी कार्यालय तथा व्यक्तिगत सरसफाई गर्ने ।
हातहतियार लगायत कार्यालयमा भएका विभिन्न स्रोतसाधन तथा असभावहरु दुरुस्त अवस्थामा राख्ने तथा समय-समयमा आवश्यकतानुसार मर्मत समेत गर्ने ध्यान दिनुका साथै स्व-अनुशासन समेत कायम गर्ने ।
प्रहरी कर्मचारीहरुलाई कुनै कार्यमा खटाउदा Right man at the right place हुने गरी खटाउने,सवारी चेकजाँच आफ्नो अधिकार मात्र नभई सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित सवारी आवागमन आफ्नो कर्तव्य हो भनि मनन गरी गर्नुपर्ने, फैसला कार्यान्वयन, सडक दुर्घटना न्यूनिकरण, आत्महत्या न्यूनिकरण र लागू औषध नियन्त्रणलाई विशेष ध्यान दिइ काम कारवाही गर्नुपर्न, आफ्नो एरियामा भएका महत्वपूर्ण स्थानहरुको अभिलेख राख्ने । (शैक्षिक संस्था, अस्पताल, धार्मिक स्थल, आर्थिक स्थल, दैवि प्रकोपको जोखिमयुक्त स्थान, मानिसहरु भिडभाड हुने स्थानहरु लगायत नागरिक सुरक्षासँग जोडिएका स्थानहरु)
प्रहरी कर्मचारीहरु नै सवारी दुर्घटनामा पर्ने गरेको, आत्महत्या गर्ने गरेको घटनाहरुमा वृद्धी हुदै गएको पाइएको हुदाँ कुनै समस्या वा गुनासो भएमा आफुभन्दा माथिल्लो कमाण्डर वा सिधै परिसर प्रमुखलाई नै भन्न सकिने ।
सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ गौरवान्वित हुने गरी कार्यसम्पादन गर्न हुन निर्देशन दिनुभएको ।