०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

बुटवल फुलबारीमा प्रख्यात १ सय ६ वर्ष ४ पुस्ता पुरानो मासको दालको जेरी पसल

Logo
जिबन स्थापित/सुधीर ठाकुर प्रकाशित बुधबार, माघ २३, २०८१

रुपन्देही । बुटवल जेरि अर्थात् जिलेबी भनेर भन्ने बित्तिकै जसको पनि मुख रसाउँछ । चिल्लोमा पकाएर चिनीको झोलमा डुबाइने हुँदा यो अत्यन्तै गुलियो हुन्छ, तसर्थ सबैले मन पराउनु ठिकै हो ।

रुपन्देही जिल्लामा बुटवल फुलबारी नजिकै एउटा जिलेबी पसल छ । बाजेको जिलेबी पसल भनेर सबैलाई थाहा छ । मासकाे दालबाट बनाउने जिलेबी त्यस पसलको आफ्नो चिनारी हो । वि सं १९७८ मा जिजुबाजे सिताराम हलवाईले शुरु गरेको पसल बाजे लट्टू हलवाई र बुवा किरण प्रसाद हलवाई हुँदै अहिले चौथो पुस्ता अर्थात पनाती सुरज हलवाईले निरन्तरता दिइरहेका छन् ।

दालखाने मासको जिलेबी साथै समौसा, नमकिन जस्ता खानेकुरा र चिया पनि उत्तिकै मीठो पाइन्छ यहाँ बाजेको जिलेबी पसलमा । अचम्म कुरा त के भने एक शताब्दीको एउटा लामो युग पार हुँदासम्म हलवाई परिवारले बाजेको जिलेबी पसल चलाइरहेका छन्, आफ्नो नित्यकर्म ठानेर ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही प्राकृतिक विपत्तिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै घोराही बनाऔँ अभियानले घोराही उपमहानगरपालिकाका नदी तथा खोलाको आसपासमा रहेका जोखिमयुक्त बस्तीमा पुगेर स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले विभिन्न जोखिमयुक्त टोल तथा बस्तीमा पुगेर स्थानीयवासीको अवस्था बुझ्नुका साथै सम्भावित विपत्तिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो। […]

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]