२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सुदूरपश्चिम डिआईजी चंन्दद्वारा प्रहरी चौकी आलितालको भवन हस्तान्तरण तथा उद्‍घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

 

डडेल्धुरा,। आलिताल गाउँपालिका ५ भिमदत्तपुरमा प्रहरी चौकी आलिताल, डडेल्धुराको लागि आलिताल गाउँपालिकाद्वारा नव-निर्मित भवनको गाउँपालिका अध्यक्ष शेर सिहं पार्की ज्यूको अध्यक्षता, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्द ज्यूको प्रमुख आतिथ्यता र आलिताल गाउँपालिकाका उपाध्यक्ष मैना कुमारी रावल बोहरा ज्यूको बिशिष्ट अतिथ्यतामा आयोजित एक समारोहका विच भवन हस्तान्तरण तथा उद्‍घाटन कार्यक्रम सम्पन्न भयो ।आलिताल गाउँपालिकाद्वारा आफ्नै विनियोजित वजेट रु.४७,५४,७४२ ।- रुपैयाँको लागतमा निर्मित उक्त २ तले ७ कोठे (कार्यालय प्रमुख कक्ष, महिला-पुरुष हिरासत कक्ष, महिला-पुरुष ब्यारेक समेतको संरचना भएको) भवन जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्र.ना.उ. सुगन्ध श्रेष्ठ ज्यूलाई हस्तान्तरण पश्चात उक्त भवनको उद्‍घाटन सम्पन्न भएको छ ।
भवनको हस्तान्तरण तथा समुद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रमका प्रमुख अथिति प्रहरी नायव महानिरीक्षक गणेश चन्द ज्यूले आलिताल गाउँ पालिकाले आफ्नै योजना र बजेटमा प्रहरी चौकी आलितालको लागि नयाँ भवन निर्माण गरि हस्तान्तरण गरेकोमा गाउँपालिका परिवार तथा कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भयो । प्रहरी चौकीका लागि स्थानिय सरकारद्वारा नयाँ भवन निर्माण भई हस्तान्तरण सम्पन्न यस कार्यले प्रहरी र समाज बिचको आपसी सम्वन्ध प्रष्ट भएको र नयाँ भवन उपलब्ध भए संगै कार्यरत प्रहरी कर्मचारीहरुको मनोवल उच्च हुनुका साथै सुबिधा सम्पन्न भवनले कार्यरत प्रहरीमा थप जोश, जाँगर र उर्जा बढेर जाने हुँदा प्रहरी कर्मचारीहरुले नागरीक-मैत्री प्रहरी सेवा प्रदान गर्ने कुरामा आफु बिश्वस्त रहेको बताउदै आम नागरिकहरुलाई प्रदान गरिने सेवा समेत समय सापेक्ष र गुणस्तरीय हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले कार्यरत प्रहरी कर्मचारीहरुलाई कानून कार्यान्वयनमा कुनै सम्झौता नगर्न र अपराध अनुसन्धान तथा नियन्त्रणमा स्थानिय तह एवं नागरीक समाजसँग हातेमालो गरी कार्य गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!