१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

भारत कमाउन गएका लालबहादुर वली १३ बर्ष देखि बेपत्ता श्रीमान खोज्दिन श्रीमतिको अनुरोध

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

कृष्ण चौधरी
दाङ मंसिर २७ दाङ अमिलिया लमही नगरपालिका ९ अमिलिया दाङका देविराम वलीका कान्छा छोरा लालबहादुर वली बेपत्ता भएको १३ वर्ष भयो ।
रोजगारीको शिलशिलामा भारतको चण्डीगढमा आफ्ना दुई दाजुहरू गंगाप्रसाद र चूर्णबहादुरसँगै बस्दै आएका लालबहादुर २०६३ मंसिर देखि बेपत्ता छन् । बेपत्ता भएको १६ वर्षसम्म पनि उनी घर नफर्किदा परिवार उनकै बाटो हेरेर बसेको छ ।
देशमा बेरोजगारी भई बस्दा दुई छोरी पवित्रा, मिना र पत्नी ईन्द्रा वलीलाई साथमा राखी चण्डीगढस्थित एक कम्पनीमा रात्रि सुरक्षा गार्डको रूपमा कार्यरत थिए ।
कम्पनीमा कार्यरत वलीले पत्नीसहित छोरीलाई घर पठाएको केही समयपछि बेपत्ता भएका थिए । बेपत्ता छोरो कहिले आउला भने आमा मनकली वलीले उनकै बाटो हेरेर दिन कटाउँदै छन् ।
‘गाडी रोकिएको आवाज सुन्ने बित्तिकै कान्छो छोरो आयो कि भनेर बाटोतिर आँखा दौडाउन थालेको वर्षौं बित्यो तर छोरा अहिलेसम्म आएन’ उनले भनिन्– ‘हेर्दाहेर्दै दिन, महिना हुँदै वर्षौँ बित्यो ।’ आर्थिक अभावका कारण विदेशिएको छोरो वेपत्ता हुँदा मनभरी भारी बोकेको वर्षिय बाबु देविराम बताउँछन् ।
‘कमाउने मुख्य मान्छे बेपत्ता हुँदा परिवार व्यवस्थापन गर्न हैरान छ’ उनले भने– ‘आफन्तहरू सबैको सहकार्यमा खोजी गर्दासमेत छोराको अवस्था थाहा हुन् सकेन ।’
भाइहरूको भारतका विभिन्न निकायमा खोजी गरिसकेको दाजु चूर्णबहादुरले बताए । ‘चण्डीगढको सबै स्थान खोजी गरिसक्यौँ तर भाइ लालबहादुरको अवस्था जान्न सकिएन’ उनले भने– ‘खोजीका लागि पहल गर्न आग्रह गर्दछु ।’ बेपत्ता श्रीमान लालबहादुरको खोजी गरिदिन पत्नी इन्द्राले पनि आग्रह गरेकी छन् ।
‘घरमा भए आधा पेट खाएर पनि निर्वाह गर्ने थियौँ’ उनले भनिन्– ‘पर्खाइमा बसेका छौँ हामी ।’ गाउँको साथीहरूको बुबाले विदेशबाट पैसा पठाउनु हुन्छ तर हाम्रो बुबा पैसा पनि नपठाउने आफू पनि घर नफर्किने छोरीहरू पवित्राले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!