२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

धेरैलाई पैसा नभएको चेक दिदै ठगी गरेर फरार रहेका एक युवक भक्तपुरबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

 

काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर,

ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ चारदोबाटोबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।

साथै, पक्राउ प्रतिवादी गम बहादुर पौडेलको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता रही फरार रहेको अभिलेखबाट देखिन आएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!