२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वडा नम्बर १८ ले बजार अनुगमनलाई तिब्र पार्दै

Logo
प्रकाशित शुक्रबार, मंसिर २७, २०७६

कपिल लामिछाने दाङ मङ्सिर २७ स्थानिय सरकार आएदेखि बिभिन्न कामहरुमा सक्रिय देखिएका जनप्रतिनिधिहरुले अहिले गाउ गाउँमा बिकास निर्माणका कामहरुलाई तिब्र बनाउदै गईरहेका छन् । बिभिन्न समिति निर्माण गर्दै जनताहरुकाे दु:ख सुखकाे साथी बन्दै आईरहेकाे स्थानिय सरकारकाे अहिले खुलेर जय जयकार गर्न थालिएकाे छ । स्वच्छ सहर बनाउने सवालमा हाेस् अथवा अन्य गाउघरमा देखिएका समस्याहरु हुन सबै कुरालाई छलफल र सहकार्य गर्दै त्यसकाे समाधानका लागी अहिले स्थानिय सरकारहरु जुटेकाे देख्न सकिन्छ । हाम्राे तुलसीपुर राम्राे तुलसीपुरकाे नारा गुन्जिए सँगै तुलसीपुर उपमहानगरपालिका भित्र अहिले बिभिन्न किसिमका राम्रा कामहरु हुदैँ आईहेका छन् । पछिल्लाे पटक तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सबै पसलहरु दर्ता प्रकृयामा जान निर्देशन समेत दिएकाे थियाे । त्यहि अनुरुप तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले मंगलबार देखि लगातार बजार अनुगमनलाई तिब्र बनाएकाे छ । कुन-कुन पसलहरु कुन कुन मापदण्ड अनुसारले चलिरहेका छन् , दर्ता गरे अनुसारकाे सर-समानहरु बिक्रि बितरण भईरहेकाे छ कि छैन? नेपाल सरकारले बन्देज गरेका सामाग्रीहरु बिक्रि बितरण गरिएकाे छ वा छैन्? यी यावत कुराहरु अनुगमन भित्र परेका छन् । साथै बिजाैरी बजार वरिपरि रहेका घुम्तीहरु सबै हटाईएकाे छ र दर्ता नगरेरै सञ्चालन गरिएका पसलहरुलाई यहीँ मंसिर मसान्तसम्म दर्ता नगरे कारबाई समेत गरिने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले बताउनुभयाे । साथै बजार अनुगमनलाई अझै कडाईका साथ अघि बडाउदै सभ्य बजारकाे निर्माण गर्न छलफल भईरहेकाे भन्दै अब केहिदिन भित्रै यहाँ रहेका स्कुल हातादेखि सय मिटर वरिपरि सुर्तीजन्य पदार्थ र मादकपदार्थ बिक्रि वितरण भईरहेकाे पाईएमा कारबाई समेत गरिने प्रकृया अघि बडाउन थालेकाे उहाँले बताउनुभयाे । मंगलबार र बुधबार बिजाैरी बजार अनुगमन गरिसकिएकाे र बिहिबारबाट पुनः हेमन्तपुर, बेलझुण्डी, दुधरास हुदैँ गाउगाउमा अनुगमन भईरहेने वडा सचिव निर्मल रेग्मीले जानकारी दिनुभयाे । जनप्रतिनिधि,कर्मचारीहरु,नेपाल पुलिस, उद्याेग बाणिज्य संघ सबैकाे प्रत्यक्ष सहभागीतामा बजार अनुगमन भएकाे हाे । याे अनुगमन अझै साेमबार सम्म चल्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले बताउनुभयाे !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!