२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रममा सहभागी हुन शनिबार दाङ आउने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, माघ २५, २०८१

 

दाङ । तुल्सीपुर शनिबार दंगीशरण गाउँपालिकाको वडा नं. ३ चखौरा बागरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजनमा हुन लागेको थारु सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा चखौरा आउन लागेका हुन् ।

थारु सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्बोधन गर्नेछन् । शनिबार चखौरामा १२ः३० बजे कार्यक्रम हुनेछ ।

सभापति देउवाले आइतबार घोराहीमा पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन् । नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा आइतबार बिहान ११ बजेर ४५ मिनटमा सभापति देउवाले भेटघाट तथा निर्देशन दिने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवा दुई दिनसम्म दाङमा रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!