२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २६, २०८१

मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेका छन्। खानपानमा ख्याल नगरे स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा हुने योग छ।

कर्कट : दिन राम्रो छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सोचेका काम बन्नेछन्। लगानीका क्षेत्र सबल रहेका छन्। राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ।

कन्या : लगानीबाट फाइदा हुने दिन छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ। परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ।

तुला :तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ। सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ। खानपानमा ध्यान नदिँदा रोग बढ्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिक : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा झन्झट बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ। विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ। परिवारसँग्को सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीभाइको साथले खुशी मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा विवाद नगर्नु राम्रो हुनेछ।

कुम्भ : सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। टाउको दुख्ने समस्याले सताउने जोखिम छ। धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। सानो विषयले मन अशान्त बन्नसक्छ। आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ। खानपानामा ख्याल नगर्दा रोग बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

सचिव :- नेपाल ज्यौतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!