२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

दाङको घोराही तुलसीपुर चारलेन तयार भयो लागत अनुमान,माघ भित्रै टेन्डर खोलिने सडक अलपत्र नै,

Logo
खेमराज रिजाल प्रकाशित शनिबार, माघ २६, २०८१

दाङ । सामाजिक सञ्जालमा फागुनको पहिलो साता प्रधानमन्त्रीले घोराही–तुलसीपुर चारलेन सडक शिलान्यास गर्ने हल्ला व्यापक भए पनि चारलेनको लागत अनुमानको फाइल बल्ल तयार भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन अवलोकन गरी लागत अनुमानको फाइल तयार गरेको छ । ठेक्का सम्झौता नै हुन नसकेपछि सम्भवतः सामाजिक सञ्जालमा आएका सूचना जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन पहिलो साता दाङ भ्रमण गर्दा चारलेन सडक शिलान्यास हुने सम्भावना देखिएको छैन ।

लागत अनुमानको फाइल करिब करिब तयार भइसकेको छ, त्यसलाई एक÷दुई दिनमा स्वीकृतिका लागि सडक विभागमा पठाउने तयारी भएको छ’, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय काठमाडौंका इन्जिनियर क्षितिज पोख्रेलले भनिन् । सडक विभागले थप अध्ययन गरी अन्तिम स्वीकृति दिएपछि मात्रै मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सो सडक स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अघि बढाउने छ । निर्देशनालयका प्रमुख इन्जिनियर दीप वाराहीसहित दाङ आएको प्राविधिक टोलीले घोराही–तुलसीपुर प्रस्तावित चारलेनको स्थलगत अध्ययन गरी लागत अनुमान तयार पारेको हो । करिब साढे २१ किलोमिटर लम्बाइ रहने र तीस मिटर चौडाइ रहने सडक स्तरोन्नतिका लागि झन्डै ती अर्ब ९९ करोड नेपाली रुपैयाँ लागत अनुमान गरेको हो ।

यस अघि भारतको एक्जिम बैंकको सशर्त ऋणको करिब दुई करोड २१ लाख अमेरिकी डलरको बजेटमा सडकको स्तरोन्नति सुरु भएको भए पनि निर्माण कम्पनीको हेलचक्राइका कारण तीन पटक म्याद थप हुँदा पनि सडक स्तरोन्नतिको काम हुन सकेन । अन्ततः नेपाल सरकारले ठेक्का रद्द गरेसँगै भारतीय लगानीकर्ता एक्जिम बैंकले पुनः लगानी गर्न इच्छा नदेखाएपछि नेपाल सरकारकै पैसाले घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिको काम पुनः सुरु हुने प्रक्रियामा गएको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवा सम्मको क्षेत्र मात्र स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको छ । यस अघि एक्जिम बैंकको ऋणमा भने भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले कुइरेपानीदेखि हात्तीखौवासम्म साढे २८ किलोमिटर सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाएको थियो । यद्यपि सो परियोजनामा पूरै सडक चारलेनको कार्यक्रम थिएन । कतै दुईलेन र कतै चारलेनमा सडक स्तरोन्नतिको प्रक्रिया सुरु भएको थियो ।

ठेक्का प्रक्रिया कहिलेसम्म सुरु हुने भन्ने विषयमा भने परियोजनाका निर्देशक इन्जिनियर वाराहीले माघ अन्तिमसम्म टेन्डर निकाल्ने तयारी भइरहेको बताए । ‘हामीले स्थलगत अनुगमन गरी लागत स्टिमेटको फाइल तयार गरिसकेका छौँ, सम्भवतः माघ अन्तिम साता हामीले टेन्डर निकाल्ने छौँ’, आयोजना निर्देशक वाराहीले भने । घोराही–तुलसीपुर सडकखण्डको चारलेनमा स्तरोन्नति गर्न एउटै निर्माण कम्पनीलाई नै दिने गरी टेन्डर निकाल्ने अन्तिम तयारी भएको निर्देशक वाराहीले भने । आयोजना कार्यालयले निर्माण सुरु भएको तीनभित्र काम सम्पन्न गर्ने गरी टेन्डर निकाल्ने बताएको छ ।

सो क्षेत्रमा यस अघि नै सडक डिभिजन कार्यालयले आफ्नो ‘राइट अफ वे’ क्लियर गरिसकेकाले काम गर्दा कुनै पनि स्थायी संरचना भत्काउनु नपर्ने देखिएको निर्देशक वाराहीले बताएका छन् । सडकको स्तरोन्नति सडकको केन्द्रबिन्दुदेखि दायाँ १५ मिटर र बायाँ १५ मिटर चौडाइमा स्तरोन्नति हुने गरी लागत स्टिमेट गरिएको छ । सडकको बिच भागमा एक मिटरदेखि तीन मिटरसम्मको मेडियन हुनेछ । सडकमा मुख्य बस्ती हेरेर मेडियन कायम भएको निर्देशनालयको भनाइ रहेको छ । लागत अनुमानदेखि ठेक्का प्रक्रियासम्म मदन भण्डारी राजमार्ग परियोजनाले अगुवाइ गरे पनि यसको नियमित रेखदेखको स्वामित्व भने डिभिजन सडक कार्यालय दाङलाई नै दिइने तयारी सडक विभागले गरेको छ ।

चारलेन स्तरोन्नतिका क्रममा क्षतविक्षत भएको सडकमा दर्जनौँ साना ठुला सडक दुर्घटना भए । यो तीन वर्षको अवधिमा कम्तिमा यो सडकखण्डमा दुर्घटनामा परी करिब ३० जना बढीले ज्यान गुमाएका छन् । सयौँ सवारीसाधन दुर्घटनामा परी क्षति हुँदा करोडौँ बराबरको क्षति भएको यातायात व्यवसायीले बताएका छन् । स्तरोन्नतिका नाममा क्षतविक्षत भएको सडकलाई डिभिजन सडक कार्यालय घोराहीले ठेक्का प्रक्रियाका माध्यमबाट हरेक वर्ष टालटुल गरेर कामचलाउ त बनाएको छ तर साँघुरो सडकमा दुर्घटनाको जोखिम भने टर्न नसकेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार तथा त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताएका छन् । अहिले सो सडकमा दैनिक जसो साना ठुला सवारीसाधन दुर्घटनामा परिरहेका हुन्छन् । यातायात सेवामा पनि सहजता देखिएको छैन ।

तथ्य इन्जिनियरिङसँगको ठेक्का तोडिएसँगै यहाँका सांसदले निरन्तर सङ्घीय संसददेखि अर्थमन्त्रालयसम्म दबाब दिएपछि सरकारले चालु आर्थिक वर्ष मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयको पैसा घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि खर्च गर्ने तयारी गरेको थियो । यसका लागि नेपाल सरकार अर्थ मन्त्रालयले बजेट समेत सुनिश्चितता गरिसकेको छ । घोराहीको कटुवा खोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति भने अर्को फरक कार्यक्रमको बजेट व्यवस्थापन गरेर सुरुआत गरिने यहाँका सङ्घीय सांसदहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!