२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

दारुल उलुम फैजुननबी जामा मस्जिद इदगाह संचालक समिति अन्तर्गत उपसंघर्ष समिति गठन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ २६, २०८१

बाँके । नेपालगन्ज जामा मस्जिदको संरक्षण, व्यवस्थापन तथा समुदायका हकहितका सवालमा सक्रिय भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस उपसंघर्ष समितिमा सचिवालय संयोजक बकर अलि राई, प्रवक्ता बाबु खा पठान, सचिव हसन खान, कोषाध्यक्ष सुल्तान खान तथा कार्यसमिति सदस्य नौसाद सल्मानीको महत्वपूर्ण भूमिका रहनेछ।

उपसंघर्ष समिति गठनका क्रममा उपस्थित पदाधिकारीहरूले मस्जिदका व्यवस्थापन, धार्मिक तथा सामाजिक समन्वय, तथा आवश्यक सुधारका विषयमा व्यापक छलफल गरेका थिए। साथै, स्थानीय समुदायसँग सहकार्य गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ।

यसैक्रममा, नेपालगन्जका विभिन्न क्षेत्रहरूमा समेत उपसंघर्ष समितिहरू गठन गर्ने निर्णयअनुसार जानकी गाउँपालिका–५, कोहलपुर नगरपालिका–४, र नेपालगन्ज उपमहानगरपालिका–१६ मा समेत उपसंघर्ष समिति गठन गरिएको छ। स्थानीय तहमा गठन भएका यी समितिहरूले समुदायका धार्मिक तथा सामाजिक सवालमा क्रियाशील रहने तथा मस्जिद व्यवस्थापनलाई प्रभावकारी बनाउन योगदान दिने लक्ष्य राखेका छन्।

संघर्ष समितिका पदाधिकारीहरूका अनुसार, जामा मस्जिदको व्यवस्थापन, विकास र संरक्षणका लागि स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको छ। तसर्थ, नवगठित समितिले सबै पक्षलाई समेटेर मस्जिदको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने स्पष्ट पारेका छन् । मङ्गलवार सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले सरकार बाध्य भएर मात्र मूल्य बढाउनुपर्ने अवस्थामा […]

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

error: Content is protected !!