२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अब सेनामा जागिर खान भनसुन नचल्ने नेपाली सेनाहरु नागरिकसंग अन्तर्क्रियामा

Logo
प्रकाशित शनिबार, मंसिर २८, २०७६

महेन्द्र सिंह (क्राईमबिट)
बर्दिया मंसिर २७ नेपाली सेनाका उत्तर पश्चिम पृतनापती रथी सरोज विक्रम राणाले नेपाली समाजका हरेक वर्गका योग्य नेपाली नागरिक सहजै नेपाली सेनामा सहजै भर्ना हुन सक्ने बताएका छन्। नेपाली सेनाको भैरव प्रसाद गण इमाम नगर ब्यारेक बाँके अन्तर्गतको भैरव प्रसाद गण सुरक्षा गण गुलरियाले जिल्ला प्रशासन कार्यालय बर्दियाको सभा हलमा मीडिया तथा विभिन्न पक्षहरुसँग सैनिक नागरिक अन्तर्क्रिया कार्यकमलाई सम्बोधन गर्दै राणाले माथिल्लो दर्जाका कर्मचारीको पहुच एवं रकमको भरमा सेनामा जागिर खान पाइन्छ भन्ने भ्रममा नबस्न सबैमा आग्रह गर्दै योग्य नेपाली नागरिकले नेपाली सेनामा सहजै भर्ना हुन सक्ने प्रष्ट पारे।
नेपाली सेना प्रति नागरिकहरुको धारणा र सेना तथा नागरिक बीचको दुरी कम गर्ने उद्धेश्यले आयोजना गरेको कार्यक्रममा नेपाली सेनामा देखिएका कमि कमजोरी, सुधार गर्नुपर्ने पक्ष तथा आलोचनात्मक विचारहरुको समष्टिगत धारण बुझि अगामी दिनमा नागरिक प्रति थप जिम्मेवार एवं उत्कृष्ठ नेपाली सेना बनाउनमा सबैबाट सहयोग हुनु पर्ने उनको भनाइ छ। उत्तर पश्चिम पृतनापती रथी राणाले नागरिकबाट प्राप्त सल्लाह र सुझावलाई मार्ग दर्शनको रुपमा अगाडी बढाई सेनाको काम कारवाही अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । नेपाली सेनाको आलोचनात्क समिक्षाले नेपाली सेनामा रहेका कमि कमजोरी सच्याउँदै नागरिक र सेनाहरुको विचमा रहेको दुरी कम गर्न प्रेरणा मिल्ने उनले बताए । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपाली सेनाले बर्दियामा सेनाको गुल्म तथा बटालियन थपका लागि पहल गर्न आग्रह गरेका छन । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाको गहनाको रुपमा रहेको भएता पनि बेला बेलामा हुने वन्यजन्तु र मावन विचको द्धन्दमा कमि ल्याउन पहल गर्नुपर्ने औंल्याउँदै प्रजिअ लामिछानेले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई वन्य जन्तुबाट बच्नका लागि विशेष तालिमहरु दिन अनुरोध गरे ।
नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले नेपाली सेनामा हुने गरेका भर्न प्रक्रियालाई बर्दियाबाटै हुन पाउने गरि व्यवस्था मिलाउन सुझाव दिएका छन । सेनाले गर्दै गरेको हरेक क्रियाकलापलाई यहाँका स्थानिय संचार माध्यमहरुमा समानुपातिक रुपमा वितरण गरि नागरिकहरु माझ पुर्याउनु पर्ने उनको भनाइ छ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु प्रसाद तिमिल्सेनाले पहुचको भरमा मात्र जागिर खान पाईने भ्रमलाई हटाउन नेपाली सेनाले विषेश ख्याल गर्न आग्रह गरेका छन । हरेक नागरिकमा नेपाली सेनामा अपनत्व महसुस भन्दै उनले यस्ता गलत प्रचारलाई चिर्न अवश्यक रहेको बताए । नागरिक समाजकी सहसंयोजक हीमा सुनारले नेपाली सेनाले गरेको कार्यहरुको प्रशंसा गर्दै अन्य नागरिक मैत्री कार्यमा सहकार्य गर्दै जानुपर्ने बताइन् । विपद्का समय या अन्य कार्यहरुमा पनि नेपाली सेना, नगारिक समाज, अन्य संघसंस्थाहरु सामुहिक रुपमा लागी कार्यगर्न सुझाव दिइन् ।
कार्यकममा नेपाली सेनाले निर्माण गरेको योग्य व्यक्तिले सेनामा भर्ना हुनका लागि कुनैपनि किसिमको भुटो अफवाहमा नपर्ने संदेश प्रवाह गरेको वृतचित्र समेत प्रदर्शन गरिएको थियो ।
नेपाली सेनाको भैरव प्रसाद गण इमाम नगर ब्यारेक बाँके अन्तर्गतको भैरव प्रसाद गण सुरक्षा गण गुलरियाले बर्दियामा मीडिया तथा विभिन्न पक्षहरुसँग सैनिक नागरिक अन्तर्क्रिया गरेको गणपति नकुल थापाले बताए। बर्दियामा बर्दिया जिल्ला स्थित विभिन्न रेडियो,पत्रपत्रिका, स्वतन्त्र पत्रकार,टेलिभिजन,अनलाइन सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाली सेनामा प्रवेश गर्न चाहने धेरै भएकाले भर्ना दर बढाउन कोटा बृद्धि, स्थानीय पत्रपत्रिका रेडियो र सामाजिक सञ्जालबाट प्रचार प्रसारमा बृद्धि र यस क्षेत्रमै तालिम केन्द्र सञ्चालन गर्न सुझाव दिए ।
नेपाली सेनाले जनतासम्म आफ्ना सूचनाहरू प्रभावकारी जानकारी गराउन सो अन्तर्क्रिया गरेको नेपाली सेनाका महासेनानी ईश्वर कुमार श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]