२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सांसद अमरेशको चेतावनी : मेयर बालेनलाई गरिबमाथि होइन,हिम्मत भए सिंहदरबारमा डोजर चलाउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, माघ २८, २०८१

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को शैली जर्मनका तानशाह हिटलरको जस्तो भएको टिप्पणी गरेका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती समेत दिए ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् । ‘काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?’ सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद् भवन र सिंहदरबारमा डोजर चलाएर देखाउ, गरिबमाथि होइन ।’

संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् । आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै कवाड व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]